
काठमाडौं, १५ पुस । भन्सार विभागले मुलुकभर भर्चुअल मनिटरिङ सिष्टम स्थापना गरेर भन्सार कार्यालयहरूको निगरानी शुरु गरेको छ । विभागले हालै केन्द्रीय कार्यालयमा स्थापना गरेको यो प्रणालीमार्फत अहिले १४ वटा भन्सार कार्यालयहरूको भर्चुअल अनुगमन भइरहेको छ ।
भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली ९आशिकुडा० द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ । आशिकुडा वल्र्ड सिष्टममा सञ्चालित यस्तो अनुगमन प्रणाली अहिले २४ वटा भन्सार कार्यालयहरूमा लागू भइसकेको छ ।
भन्सार विभागले नयाँ प्रविधिहरूको प्रयोग गर्दै भन्सार प्रणालीलाई अझ बढी पारदर्शी बनाउने जमर्को गरिरहेको छ । यसबारे आफ्नो योजना प्रस्तुत गर्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘नवीनतम प्रविधिको प्रयोगद्वारा भन्सार कार्यालयहरूलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधै हाम्रो प्राथमिकतामा रहेको छ ।’
दाहालले भने, ‘व्यापार, पारवहान र अन्य लजिष्टिक सेवा सहितलाई राष्ट्रिय एक द्वार प्रणाली लागू गरेर डिजिटलाइज गर्ने हो भने भन्सार विन्दुमा हुने सम्पूर्ण कामहरू अझ छिटो, कम खर्चिलो र निकै पारदर्शी बन्न सक्छ ।’
विभागमा अत्याधुनिक प्रयोगशाला स्थापना भएपछि विभिन्न खाद्य वस्तुदेखि सुनसम्मको गुणस्तर मापन गर्न सकिने महानिर्देशक दाहालले बताए । ‘ गत मंसिर १२ गते हङकङबाट आएका दुईजनाले तेलको बोतलमा घुलित सुन ल्याएको भेटियो ,’ उनले भने ‘यसरी सुन ल्याउने दुईजनालाई पक्राउ गरी अहिले मुद्दा पनि चलिरहेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



