सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

-



     सफल आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ पुस । साताकाे वुधबार आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाल सुन आज प्रतितोला रुपैयाँ १०० ले बृद्धि भएको छ । आज सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुन प्रतितोला रुपैयाँ ८०० ले ओरालो लागेको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतिताेला ५ रूपैयाँले बृद्धि भएर १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला १ हजार ३०० मा कारोबार भएको थियो ।