
पोखरा, १५ पुस । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान), पोखराको आयोजनामा बुधबारदेखि अंग्रेजी नयाँ वर्ष –२०२१ अवसरमा २२ औं पोखरा सडक महोत्सव सुरु भएको छ ।
कोरोना भाइरस महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन विषम परिस्थितिबीच पनि महोत्सवलाई निरन्तरता दिइएको आयोजकको दाबी छ । महोत्सवमा विगतमाजस्तो उपस्थिति छैन ।
रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै ३ दिनसम्म महोत्सव गर्न लागिएको जानकारी दिए । महोत्सव विगतमा झैं सहिदचोकदेखि हल्लनचोकहुँदै जरेवरसम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।
महोत्सव संयोजक वसन्त गौतमले कोरोना प्रभावका कारण ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको जानकारी दिए ।
अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् । यसपालि तडकभडक र तामझाम भने हुने छैनन् । यसपालि आतिशवाजी हुने छैन । गौरीघाट, अम्बोट, खहरे र सेन्टर लेकमा ४ वटा स्टेज रहनेछन् । सुन्तला, मह लगायत हस्तकलाका गरी २० स्टेल रहनेछन् ।
सुरक्षाका लागि लेकसाइड छिर्ने विभिन्न १९ नाकामा निजी सुरक्षा दल तैनाथ हुनेछन् । दिउँसो ३ देखि राति १२ बजेसम्म नो भेइकल जोन गरी सवारी आवागमन हुन दिइने छैन ।
महोत्सव सुरु अघि खहरेदेखि र्याली सुरु भई मितेरीपार्क अगाडि आएर उद्घाटन समारोहमा परिणत भएको हो । महोत्सवको मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरे ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



