नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड समूहको पत्राचार

-



     सफल आवाज    
     पौष १५ गते २०७७ मा प्रकाशित



काठमाडौं १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड र माधव नेपाल समूहले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न बैंकहरुमा इमेलबाट पत्र पठाएकाे छ ।

पार्टीभित्रकाे विवाद अन्ततः दुइ समूहमा विभाजन र फुटकाे अवस्थामा रहेकाे बेलामा पार्टीकाे सम्पत्तिमा कसको हक कति लाग्ने विषयकाे टुंगाे नलागेकाेले प्रचण्ड र माधव समूहले नेकपाको खाता रहेका बैंकहरुमा इमेलमार्फत पत्र पठाइ खाता राेक्का गर्न आग्रह गरेकाे हाे ।