आज सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

-



     सफल आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १६ पुस । आज सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट देखिएकाे छ । छापावाला सुन प्रतितोला रु १०० ले घटेर रू ९४ हजार १०० मा कारोवार भएकाे छ । वुधबार सुनकाे मूल्य प्रतिताेला ९४ हजार २०० मा काराेबार भएकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महहासंघका अनुसार तेजाबी सुन आज प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएकाे छ । बुधबार प्रतितोला रु ९३ हजार ७०० रूपैयाँमा कारोवार भएको थियाे ।

चाँदीको मूल्यमा आज ५ रूपैयाँ घटेकाे छ । चाँदी आज प्रतिताेला एक हजार ३०० मा कारोवार भएको छ । वुधबार चाँदी प्रतिताेला १ हजार ३०५ मा काराेबार भएकाे थियाे ।