नेप्से परिसूचक २५.२१ अंकले बढ्यो, ५ अर्ब ७० करोड बढीको शेयर कारोबार

-



     सफल आवाज    
     पौष १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ पुस । बिहीबार नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

यस अघि बुधबारको कारोबारमा सेयर कारोबार रकम ४ अर्ब रुपैयाँमा सिमित भएको थियो । बिहीबार भने साढे ५ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

दिनभर भएका ५० हजार ३ सय ८६ कारोबारबाट २ सय ७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।