चन्द्रागिरी हिल्सको आईपीओ २४ गतेदेखि

-



     सफल आवाज    
     पौष १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १५ कराेड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।