आज सुनको मूल्य रू ४०० ले उकालो लाग्यो, ताेलाकाे कति ?

-



     सफल आवाज    
     पौष १७ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १७ पुस । आज सुनकाे मूल्य ताेलामा रूपैयाँ ४०० ले वढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएकाे छ ।

बिहीबार प्रतितोला रु ९४ हजार १०० मा कारोवार भएको छापावाला सुन आज तोलामा रु ४०० ले उकालो लागेको महासङ्ले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएकाे छ । बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलाकाे रु एक हजार ३०० मा कारोवार भएको छ ।