प्रभु लाइफको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत, कारोबार आईतबारबाट

-



     सफल आवाज    
     पौष १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ पुस । प्रभु लाइफ इन्स्याेरेन्सको २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । प्रभुले सर्वसाधारणको लागि निष्काशन गरेको शेयरसहित २ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको नेप्सेले आज जनाएकाे हाे ।

शेयर नेप्सेमा सूचीकृत भएपछि आईतबारबाट कारोबारमा आउने भएको छ । नेप्सेले प्रभु लाइफको शुरुको कारोबार घटीमा १०९ रुपैयाँ ५६ पैसा र बढीमा ३२८ रुपैयाँ ६८ पैसा हुने जनाएको छ । यसकाे शेयर कारोबार संकेत पिएलआईबाट हुनेछ ।

कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रुपैयाँ १०० कायम भएको २,००,००,००० (दुई करोड) कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ता, सदस्य दलाल र बजार निर्मााताहरुको लागि सूचना जारिएको हो । यसको शेयर सूचीकरण पछि दिनुपर्ने आरटीएस सम्बन्धी सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादीबाट हुने भएकाे छ ।