पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति निर्विरोध हुँदै

-



     सफल आवाज    
     पौष १८ गते २०७७ मा प्रकाशित



पोखरा, १८ पुस । पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा पवन प्रजापति निर्विरोध हुने भएका छन् । संघको आगामी पुस २४ र २५ मा हुने ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयनपत्र दर्तामा वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्र उम्मेदवारी दर्ता भएको हो ।

पुस २१ मा मनोनयन पत्रबारे दाबी विरोध भएकोले निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ।

निर्वाचन समितिका अनुसार शुक्रबार संघको २९ सदस्यीय कार्यसमिति सदस्यका लागि ४० जनाले मनोनयपत्र बुझेको संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए।

शनिबार अध्यक्षमा नारायण कोइराला र बिन्दु कोइराला सुवेदी प्यानलबाट पदाधिकारी एवं कार्यकारिणी सदस्य पदका लागि मनोनयन पत्र दाखिल हुँदैछ । प्रजापति नारायण कोइराला प्यानलका हुन्।

संघमा हाल उपाध्यक्ष रहेका उनी चिप्लढुंगास्थित न्यू दीपनिशान गिफ्ट एण्ड किचनका संचालक हुन्।