आईतबार सुनचाँदीको मूल्य स्थिर

-



     सफल आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ पुस । साताको पहिलो दिन आईतबार आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० कायम भएको छ । शुक्रबार पनि सुन प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार पनि तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज पनि शुक्रबारको जस्तै प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।