प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार खुला, पहिलो कारोबार १३७ रुपैयाँमा

-



     सफल आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ पुस । पिएलआई संकेतमा प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजबाट खुला भएको छ । आज बजार खुलेपछि प्रभु लाईफको पहिलो कारोबार प्रतिकित्ता १३७ रुपैयाँमा भएको छ ।

कम्पनीको शुक्रवार २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले शेयरको ओपनिङ रेञ्ज घटिमा १०९ रुपैयाँ ५६ पैसा तथा बढीमा ३२८ रुपैयाँ ६८ पैसा तोकेको थियो ।

कम्पनीको शेयर सूचीकरण पछि आरटीएस सम्बन्धी सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादीबाट हुँदैछ ।