सोमबार सुनचाँदीको मूल्य उकालो लाग्यो, तोलाको कति ?

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० पुस । आइतबार स्थिर रहेको सुनचाँदीकाे मूल्यमा आज भने वृद्धि भएकाे छ । आज सुन ८०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ३०० मा कारोबार भएको छ । आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ । आज चाँदी प्रतितोला २५ रुयाँले वृद्धि भएर १ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आईतवार चाँदी प्रतितोला १ हजार ३ सयमा कारोबार भएको थियो ।