५० राउण्ड गोलिसहित दुईजना विमानस्थलबाट गिरफ्तार

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० पुस । नेपाल प्रहरीले ५० राउण्ड गोलीसहित दुईजनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएकाहरु बद्रीहाङ राई तथा मुनादेवी राई रहेका प्रहरीले बताएको छ ।

श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा भएको सुरक्षा जाँचको क्रममा उनीहरुको साथमा रहेकाे झोलाबाट ५० राउण्ड गोली लुकाएर राखेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।

प्रहरी श्रोतका अनुसार मुनाका श्रीमान अवकास सुरक्षाकर्मि हुन । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त गौशाला लगिएको छ ।