उच्च हिमाली जिल्लामा हिमपात, हुम्ला सेताम्य

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



काठमाडाैं, २० पुस । पश्चिमी वायुकाे प्रभावका कारण आईतबारबाट माैसममा भएकाे बदलीसँगै उच्च पहाडी तथा हिमाली जिल्लामा आज बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेकाे चिसाेका कारण जनजिवन कष्टकर भएकाे छ । हुम्लामा हिमपातले डाडाँकाडा, घरका टहराहरू र छाना हिउँले ढाकिएर सेताम्य भएका छन् ।

सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम खालकाे हिमपात भएकाे छ ।  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम खालकाे हिमपातकाे संभावना रहेकाे छ । लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूवार्नुमान महाशाखाले जनाएकाे छ।

आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेकाे छ ।  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।तस्बिरःरासस