आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ पुस । साताको तेश्रो दिन मंगलबार आज पनि सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुन आज १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४०० मा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ३३५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३२५ रूपैयाँमा कारोबार भएको थियो ।