नेप्से ३.५४ अंकले घट्यो, ४ अर्ब ५६ करोड ६३ लाख बढीको कारोबार

-



     सफल आवाज    
     पौष २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ पुस । नेप्से आज ०.१६ प्रतिशतले ओरालो लागेको छ । नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा रहेको छ । सेन्सेटिभ परिसूचक ०.३५ अंकले घटेर ४१३.६८ विन्दुमा पुगेको छ ।

आज कुल २०६ वटा कम्पनीको १ करोड ८ लाख ९ हजार ६१५ कित्ता शेयर खरिदबिक्री भएको छ । ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज कारोबार भएका १२ उपसमूहमध्ये ३ वटाको शेयर वढेको छ । अन्य ९ वटाको शेयर घटेको छ । कारोबार भएको रकमको आधारमा शिखर इन्स्योरेन्सले आज शिखर नै चुमेको छ । कम्पनीको आज ६९ करोड ६ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।