चिनियाँ उद्योग-व्यवसाय स्टक बजारबाट फिर्ता हुनेबारे न्यूयोर्क स्टक एक्सचेन्जको निर्णय रद्द हुनुले गरेको संकेत के हो?

-



     सफल आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित



पेचिङ, २२ पुस । न्यूयोर्क स्टक एक्सचेन्जले जनवरी चार तारिख वक्तव्य प्रकाशित गर्दै अनुगमन विभागसँग छलफल गरेपछि चीनका तीन वटा टेलिकम अपरेटरलाई स्टक बजारबाट फिर्ता हुन गरिएको आग्रह फिर्ता लिएको छ।

न्यूयोर्क स्टक एक्सचेन्जले सन् २०२० डिसेम्बर ३१ तारिख प्रकाशित गरेको वक्तव्यअनुसार, सबैभन्दा ढिलोमा स्थानीय समयअनुसार सन् २०२१ जनवरी ११ तारिख विहान चार बजे चीनका तीन वटा टेलिकम अपरेटर अर्थात् चाइना मोबाइल, चाइना टेलिकम, चाइना यूनिकमको कारोबार रोक्नेछ।

चीनका तीन वटा टेलिकम अपरेटरले न्यूयोर्क स्टक एक्सचेन्जमा बीस वर्षसम्म कारोबार गरिसकेका र अमेरिकाको स्टक बजारको नियम र अनुगमन सधैं नै पालना गर्दै आएका छन्। न्यूयोर्क स्टक एक्सचेन्जले राजनीतिक लक्ष्यसम्बन्धी प्रशासनिक आदेशका कारण वैधानिक रुपमा कारोबार गर्ने उद्योग-व्यवसायलाई प्रहार गर्ने हो भने सामान्य बजार नियम गम्भीर रुपमा भंग हुने, विश्वका लगानीकर्ताको वैधानिक हितमा क्षति पुग्ने  र न्यूयोर्क स्टक एक्सचेन्जप्रति विश्वका उद्योग-व्यवसाय र लगानीकर्ताको विश्वासलाई हानी पुर्‍याउने निश्चित छ।

हाल चीन र अमेरिकाको सम्बन्ध नयाँ चौबाटोमा छ। दुई मुलुकले एउटै लक्ष्यतिर हिँड्ने हो भने मात्र नयाँ इच्छाको झ्याल खोल्नसक्ने छन्। बजारलाई सम्मान गर्नु, कानूनी शासनलाई सम्मान गर्नु, लगानीकर्ताको वैधानिक हितको संरक्षण गर्नु दुई पक्षको सही छनौट भएकाे सिआरआइले लेखेकाे छ ।