शिखर इन्स्योरेन्सले गर्यो ३८ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ पुस । शिखर इन्स्योरेन्सले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ३६.१ प्रतिशत बोनस शेयर वितरण गर्ने बताएको छ । यस्तै १.९ प्रतिशत नगद लाभांश करसमेत गरेर जम्मा ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ मा चुक्तापूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रहेको छ ।

वितरण गरिने लाभांश साधारण सभाका लागि तोकिने बुक क्लोजको मितिसम्म कायम रहने शेयरपूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँमा २७.७६९ प्रतिशतले हुन आउने बोनस शेयर तथा १.४६२ प्रतिशतले हुन आउने नगद लाभांशसहित जम्मा २९.२३९ प्रतिशत हुने कम्पनीले बताएकाे छ ।