आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २२ पुस । सुनचाँदीको भाउ आज पनि उकालो लागेको छ । आज छापावाला सुन रुपैयाँ ३०० ले वृद्धि भएकाे छ ।

आज छापावाला सुनप्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ३३५ मा काराेबार भएकाे थियाे ।