शेयर बजार दोहोरो अंकले वृद्धि, ४ अर्ब ४२ करोडको कारोबार

-



     सफल आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ पुस । शेयर बजारमा सुधार देखिन थालेको छ । नेप्सेमा वृद्धि भईरहेको छ । शेयर कारोबार औसतमा सन्तोषजनक रहेको छ ।

आज शेयर बजार दोहोरो अंकले बढ्यो । आज नेप्से ०.६० प्रतिशतले बढेको हो । नेप्से परिसूचक १३.०७ अंकले वृद्धि भएर २१७८.५७ विन्दुमा पुगेर रोकियो । सेन्सेटिभ परिसूचक भने ४.४५ अंकले वृद्धि भएर ४१८.१४ अंकमा रहेको छ ।

आज २०५ कम्पनीको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार गरिएका १२ उपसमूहहरुमा १० वटाको शेयर मूल्य बढेको छ । बाँकी २ को शेयर घटेको छ ।

आज भएको शेयर कारोबारलाई नियाल्ने हो भने कारोबार भएको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी २१ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।