
काठमाडौं, २३ पुस । सिटिजन्स बैंककाे तिनाउ मिसन डेभलपमेण्ट बैंकसंग प्राप्तिको लागि सम्झौता सम्पन्न भएको छ । दुबै बैंकले विलयका लागि माघको १५ गते विशेष साधारण सभा बोलाएका छन् ।
सिटिजन्स बैंकको नेपालकाे केन्द्रीय बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्तिको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
आयोजित कार्यक्रममा बैंकका संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ डेभलपमेण्टका संचालक, मर्जर तथा प्राप्ति संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
तिनाउलाई प्राप्ति गरेपछि सिटिजन्सको निक्षेप १२४ अर्ब रुपैयाँ पुग्ने भएको छ भने शाखाहरुको संख्या १६३ हुनेछ । सिटिजन्सको अहिले चुक्ता पूँजी ९ अर्ब ८१ करोड रहेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्राप्तिपछि चुक्ता पूँजी ११ अर्ब ६६ करोड पुग्ने भएको छ ।
सिटिजन्स बैंक तथा तिनाउ डेभलपमेण्ट बैंकले साधारण सभाबाट प्राप्तिका बारेमा गरिएको प्रस्तावलाई केन्द्रीय बैंकले स्वीकृत तथा बैंककाे साधारण सभाबाट पारित भएपछि एकिकृत कारोबार गर्ने भएका छन् ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



