आज पनि शेयर बजार दोहोरो अंकले वृद्धि, ५ अर्ब ८७ करोड बढीको कारोबार

-



     सफल आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ पुस । बिहिबार नेप्से उकालो लागेको छ । यो हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १५.९१ प्रतिशतले वृद्धि भई २१९४.४८ अंकमा पुगेर रोकिएको छ भने आज नेप्से ०.७३ प्रतिशतले बढेको छ । सेन्सेटिभ परिसूचक ३.०८ अंकले बढेर ४२१.२२ रहेको छ ।

आज २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ उपसमूहको कारोबार भएकोमा ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी रहेको एकको घटेको छ । आज भएको कारोबारको आधारलाई लिने हो भने प्रभु बैंकको कारोबार सबैभन्दा बढी देखिएको छ । प्रभुको आज ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।