
पाेखरा, २५ पाैष । जनएकता बचत तथा ऋण सहकारीकाे १२ औं साधारणसभा तथा पाँचौं अधिवेशन आज सम्पन्न भएकाे छ । उक्त साधारणसभाले सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको छ । नयाँ सञ्चालक समितिकाे अध्यक्षमा करुणाकुमार श्रेष्ठ, उपाध्यक्ष सुनिल पाण्डे, सचिव मुक्तिप्रसाद पनेरु र कोषाध्यक्ष हरिशरण श्रेष्ठ चयन भएका छन्।
४ वर्षे कार्यकालका लागि सदस्यमा बलिराम चौधरी, सुशीला प्रधानांग, निरोज मैनाली, रचना श्रेष्ठ, मिस्टरराज वन्त, कुलचन्द्र शर्मा र दीपक पहारी छन् । सहकारीको लेखा समिति संयोजकमा मनबहादुर थापा र सदस्यद्वय ज्योति शेरचन र बमबहादुर छन्त्याल छन् ।
अधिवेशनबाट हरिशरण श्रेष्ठ ऋण लगानी उपसमिति संयोजक र रामकाजी गुरुङ र मिस्टरराज वन्त सदस्य निर्वाचित भएका छन् । नीलप्रसाद श्रेष्ठ संयोजक रहेको निर्वाचन मण्डलको सहजिकरणमा सर्वसम्मत समिति चुनिएको हो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



