
पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको गणना आइतबारदेखि सुरु भएको छ ।
गैह्रापाटनस्थित संघको कार्यालयमा आवश्यक मुचुल्कापछि सबैभन्दा पहिले वस्तुगतर्फको गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । वस्तुगत ४ सदस्यका लागि निर्वाचनमा ८ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । जसमा उदयबहादुर केसी, उमापति ढकाल, राजन गोंगजु, रामबहादुर केसी, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला र रुपनारायण भुजेलबीच प्रतिष्पर्धा छ ।
महाधिवेशनको दोस्रो दिन शनिबार नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको मतदान प्रक्रियामा करिब ७५ प्रतिशत मतदान भएको थियो । कुल ३ हजार १ सय ५४ मत मध्ये मतदानमा २ हजार ३ सय ६५ मत खसेको निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।
संघको २९ सदस्यीय कार्यसमितिको लागि संघको नेतृत्व हाँक्न अध्यक्षमा नारायण कोइराला र बिन्दु कोइराला सुवेदीबीच कडा प्रतिष्पर्धा छ ।

नारायण कोइराला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका पवन कुमार प्रजापति निर्विरोध हुँदा उपाध्यक्षमा अर्जुन पोखरेल (वाणिज्य), उपाध्यक्ष चिनुकुमारी गुरुङ (उद्योग), महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री चुनावी मैदानमा छन् ।
बिन्दु कोइराला सुवेदी प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा सोवित पौडेल, महासचिव धनीराम बराल, कोषाध्यक्ष तारानाथ ढुंगाना र उपमहासचिव धर्मराज बर्तौलाको उम्मेदवारी छ ।
चुनावमा उपाध्यक्ष (वाणिज्य) तर्फ अर्र्जुन पोखरेल र सोवित पौडेलबीच प्रतिस्पर्धा हुँदा उपाध्यक्ष (उद्योग) मा चिनुकुमारीसँग स्वतन्त्र उम्मेदवारी दिएका गोकर्ण कार्कीको भिडन्त छ ।
महासचिवमा सुरेन्द्रमान बिजुक्छे र धनीराम बराल, कोषाध्यक्षमा बलराम आचार्य र तारानाथ ढुंगाना तथा उपमहासचिवमा केशवबहादुर खत्री र धर्मराज बर्तौलाबीच कडा प्रतिष्पर्धा छ ।
यसैगरी, १० कार्यकारिणी सदस्यका लागि नारायण कोइराला प्यानलबाट कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला चुनावी मैदानमा छन् ।
उता, बिन्दु कोइराला प्यानलबाट पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की रहेका छन् ।
सदस्यमा कुल १६ जनाको उम्मेदवारी परेकोमा उत्तममान बुद्धाचार्य र सुदीप प्रधानाङ्गको स्वतन्त्र उम्मेदवारी हो ।
यस्तै, २ कर्पोरेट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध भइसकेका छन् । उनीहरु दुवै जना नारायण कोइराला प्यानलका हुन् । औद्योगिक सदस्यतर्फ हीरामणि पण्डित निर्विरोध भैसकेका हुन् । संघमा निवर्तमान अध्यक्षका अलावा ४ जना मनोनीत हुने व्यवस्था छ ।
मतपरिणामको अन्तिम नतिजा आइतबार साँझसम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



