
पोखरा, २६ पुस । राप्रपा अध्यक्ष कमल थापाले संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती खडा भएकोले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्नुपर्ने बताएका छन् ।
राप्रपा कास्कीको पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको कार्यमा आफ्नो कुनै प्रतिक्रिया नरहेको भन्दै यसको व्याख्या सर्वोच्चले गर्ने भन्दै फैसला कुर्न आग्रह गरे ।
उनले नेकपा नेतृत्वको सरकार असफल भैसकेको दाबी गर्दैै उनले ताजा जनादेशको लागि चुनावमा जानु उपयुक्त हुने स्पष्ट पारे । उनले संवैधानिक व्यवस्थाको औचित्यमाथि नै चुनौती खडा भएको पनि बताए ।
‘संवैधानिक जटिलता निरुपण गर्ने तथा अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च हो । त्यसको लागि कसैले पनि दबाब र प्रभाव पार्नु हुँदैन । अदालतको अन्तिम फैसला कुर्नु नै उपयुक्त हुन्छ,’ उनले भने ।
उनले सरकारले भने झैं ताजा जनादेशमा जानुपर्ने आवश्यकता पनि औल्याए । उनले पार्टी अहिले सुदृढीकरण अभियानमा रहेको जानकारी दिँदै जनसंघर्ष, पार्टी सुदृढीकरण र महाधिवेशन तयारी सँगसँगै अघि बढ्ने बताए । राप्रपाका अनुसार पार्टीको महाधिवेशन आगामी २०७८ साल बैशाख २५ मा काठमाडौंमा हुँदैछ । त्यसका लागि राप्रपाले देशभर ३ लाख जना सक्रिय सदस्य बिस्तार गर्ने योजना बुनेको छ ।
उनले संवैधानिक राजतन्त्र पुनःस्र्थापनामा पार्टीले पहिलेदेखि भन्दै आएकोले जनताको सामु सधैँ यही एजेण्डा लिएर जाने बताए । उनले राजा फर्केलान् कि भन्ने पत्रकारको जिज्ञासामा उनले राजा राजनीतिक दलभन्दा माथि साझा संस्थाको रुपमा रहेको प्रष्ट्याए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



