
काठमाडौं, २६ पुस । गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना” बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागी अत्यन्त प्रभावकारी छ । यस योजना अन्तर्गत न्युनतम रु ५०० मा खाता खोलेर निक्षेप योजना भरी मुद्घतीको ब्याज पाउनुको साथै समय समयमा थप वचत थप्दै जान पनि सकिन्छ ।
यस योजनामा भर्खर जन्मेका शिशु देखि अधिकतम १५ वर्षसम्मका बालबालिकाहरुको खाता खोल्न सकिनेछ । ‘आजको बचत भोलीको आधार’ नारा रहेको यस बचत योजनामा हरेक महिना बचतको केहि भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिन्छ ।
बालबालिकाहरुले भविष्यमा डाक्टर, ईन्जीनियर, पाईलट लगायतका दक्षता हासील गर्ने लक्ष्य लिंदा सोही वमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैवाट योजनावद्घ तवरले वचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् भने वचत गर्ने बानीको समेत विकास हुनेछ ।
प्रत्येक ३-३ महिनामा खातामा ब्याज जम्मा हुने र त्यो ब्याजले समेत थप ब्याज कमाईरहने भएकोले यो योजना अत्यन्तै लाभदायक छ । खातावालाले आफू नागरिकता लिएर सम्बन्धित वैंक शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः वन्द भई साधारण खातामा परिवर्तन हुनेछ ।
आवश्यक परेको खण्डमा बचतको ८०% सम्म कर्जा सुविधा लिन पनि सकिने छ भने यस योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुनेछ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।
जस्तै महिनाको १० हजार रुपैयाँ जम्मा गर्ने ग्राहकले योजना अन्तर्गत १८ बर्षको लागि खाता खोलेर औषत ९% ब्याज पाउनुहँुदा योजना अबधि पश्चात् एकमुष्ठ करिब ५० लाख रुपैयाँ पाउन सक्नुहुनेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



