
पोखरा, २७ पुस । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ ।
देशमा राजतन्त्र अन्त्यपछिको हालसम्मको समयमा पृथ्वीजयन्तीलाई पोखरामा यसपालि सबैभन्दा बढी तामझामका लागि मनाइएको हो ।
चिप्लेढुंगाबाट सुरु भएको झाँकी सहितको ¥यालीले पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आएर सभामा परिणत भएको थियो ।
र्यालीका सहभागीहरुले राजा आउ देश बचाऊ, हिन्दू राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणको जयजयकार गरेका थिए । उनीहरुले पञ्चेबाजा, भजनकीर्तन, लाखे नाच सहित विभिन्न समुदायका भेषभुषा प्रस्तुत गरेका थिए । र्यालीमा आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत शिव सेना, राप्रपा, विश्व हिन्दू महासंघ लगायतबाट प्रतिनिधित्व थियो ।
पृथ्वीजयन्ती मनाउनेक्रममा पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । सभामा बोल्ने वक्ताहरुले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेका थिए । उनीहरुले मुलुकको समसामयिक परिस्थितिमा राजाको महसुस आवश्यक रहेको पनि बताए । यस दिवस अवसरमा सहभागीहरुले सार्वजनिक बिदाको माग समेत गरेका छन् ।
गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ मा जन्मिएका उनी तत्कालीन बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



