
काठमाडौं, २७ पुस । नेपाल विज्ञापन सङ्घको २१औँ वार्षिक साधारणसभाले सोमप्रसाद धितालका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधानअनुसार वरिष्ठ उपाध्यक्ष धिताल आगामी कार्यकालका लागि अध्यक्ष पदमा चयन हुनुभएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा पीताम्बर पोख्रेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पङ्कजलाल प्रधान र सचिवमा सन्तोष खड्का रहेका छन् ।
यसैगरी सह कोषाध्यक्षमा जीवन पोख्रेल, सदस्यमा साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्ण मुरारी लामिछाने र विधान राजभण्डारी रहेका छन् । निर्वाचनमा तीन पद क्रमशः प्रथम उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष निर्विरोध चयन भएका थिए । अन्य पदमा मतदान गरिएको थियो ।
सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको ‘एस भोट’ बाट आगामी कार्याकालका लागि स्वतः अध्यक्ष रहने प्रावधान छ । नवनिर्वाचित अध्यक्ष धितालले सबै मिलेर विज्ञापन व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा काम गर्ने बताएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



