
काठमाडौं, २७ पुस । सोमबार नेप्से परिसूचक ३ दशमलव ७० अंकले उकालो लागेर २ हजार २ सय ३९ दशमलव ४२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले उकालो लागेको छ ।
कारोबार रकममा भने त्यति उल्लास देखिएन । दिनभर भएका ४८ हजार ५३ कारोबारबाट २०७ कम्पनीका १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९ सय ९३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक पहिलो नम्बरमा देखिएको छ । ४७२ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको सिद्धार्थको ४२ करोड ६२ लाख १२ हजार ८१९ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा प्रभु बैंक र तेस्रो नम्बरमा एनएमबि बैंक देखिएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



