
काठमाडौं, २७ पुस । ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर वितरण लगायतका प्रस्तावहरु पारित गर्नका लागि बैंकको साधारण सभा माघको १४ बोलाईएको छ । संचालक समितिले प्रस्ताव गरेको उक्त बोनश शेयर माघ १४ गते बोलाईएको तेह्रौं वार्षिक साधारण सभाबाट पारित गरिने भएको छ ।
बैंक संचालक समितिको बैठकले माघ १४ गते त्रिभुवन आर्मी अफिसर्स क्लव भद्रकालीमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७६, २०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०७७ असार मसान्तसम्मको हिसाब, नाफा घाटा विवरण तथा नगद प्रवाह, वार्षिक वित्तीय विवरण, लेखापरिक्षकको नियुक्ती लगायतका विषयहरुमाथि छलफल गरी पारित गरिने भएको छ ।
बैंकको साधारण सभामा संचालक समितिका सदस्यहरु पनि चयन गरिने भएको छ । समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जनालाई र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना संचालक चयन गर्ने भएको छ ।
संचालक समितिले प्रस्ताव गरेअनुसार हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रु ३४ अर्ब ९५ करोड २९ हजार ३४४ रकम बराबरको बोनश शेयर स्वीकृत गरिने भएको हो ।
संस्थापक समूहको शेयर स्वामित्व ५४.३५ प्रतिशत रहेकोमा उक्त समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक समूहको शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्न स्वीकृती प्रदान गर्ने लगायतका विशेष प्रस्ताव रहेका छन् ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



