राष्ट्रपतिलाई “बोल्न निषेध गर्दै” अमेरिकी “वाकस्वतन्त्रता”

-



     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित



पेचिङ, २८ पुस । “व्यक्ति बाँचेतापनि बोल्ने अधिकार हरायो”, “हिंसात्मक गतिबिधिको प्रचार-प्रसार”का कारण अमेरिकी नेताका धेरै सामाजिक सञ्जाल बन्द गरिएको कुरा उनका लागि निसन्देह एउटा दु:खलाग्दो कुरा हो। यो भन्दा अझ लाज लाग्ने कुरा के हो भने तथाकथित “स्वतन्त्र रुपमा बोल्नसक्ने” अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा स्वतन्त्र रुपमा बोल्ने अधिकार समेत खोसिएको छ।

अमेरिकी नेताले सामाजिक सञ्जालमा हिंसात्मक गतिबिधिको प्रचार-प्रसार गरी अमेरिकी कानुन र सामाजिक सञ्जालको नियममाथि उल्लंघन गर्नुभएको हुनाले उनको सामाजिक सञ्जाल बन्द गरिएको कुरा केही मान्छेले औँल्याएका छन्। यो कुरा ठीक छ, सामाजिक सञ्जालमा हिंसात्मक गतिबिधिको प्रसार गर्ने गतिबिधिलाई निषेध पारिनुपर्छ। तथापि विगत ४ वर्षमा अमेरिकी नेताले सामाजिक सञ्जालमा धेरै गल्ती गरेका थिए, तर अमेरिकी सामाजिक सञ्जालहरुले किन कुनै पनि कारवाही गरेनन् ?

“वाशिन्टन पोस्ट”का अनुसार, सन् २०२० को मे महिनासम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पदावधिमा १८ हजार भन्दा बढी झुट समाचार जनाए यो, तीमध्ये ३ हजार ३ सय वटा समाचार ट्वीटरमा सार्वजनिक गरेका थिए । तर अमेरिकी सामाजिक सञ्जालहरुले कुनै पनि कारवाही गरेक थिएनन्। अमेरिकी कांग्रेसमा हिंसात्मक गतिबिधि गराइएपछि मात्र “तुरुन्तै बुझेर” कारवाही गरेका छन्।

अमेरिकी राष्ट्रपतिको पदत्यागका लागि दश दिनभन्दा कम समयमा सबैले स्पष्टसँग देखेका छन्। अहिले उनका समर्थकहरु घट्दै आएका छन् र उनको स्थिति पनि नाजुक छ। यस्तो राजनीतिक वातावरणमा अमेरिकी सामाजिक सञ्जालहरुले आफ्नो हितका लागि यस्तो राजनीतिक अनुमान गरी उक्त कारवाही गरेका सिआरआइले लेखेको छ ।