नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्री आजबाट खुला

-



     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ पुस । नागरिक लगानी कोषले आजबाट ८२.८४ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । कोषका अनुसार १ः०.८२८४ को अनुपातमा साविकका शेयरधनीहरुको लागि १ अर्ब ३५ करोड, लाख ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको प्रति शेयर रु १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको हो ।

शेयरधनीहरुले हकप्रद शेयरका लागि माघ १९ गतेसम्म आवेदन पेश गर्न सक्ने भएका छन् । आवेदनका लागि पुसको १३ गतेसम्म कायम रहेका शेयरधनीहरु आवेदनका लागि योग्य मानिने भएका छन् ।

कोषले काठमाडाैं, काठमाण्डौ महानगरपालिका १०, नयाँबानेश्वर, काठमाण्डौ स्थित रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोवार संचालन गर्दै आइरहेको छ । यसका अलवा कोषले मोरङ्ग, विराटनगर र पोखरामा शाखा कार्यालयहरु खोली कारोवार सञ्चालन गर्दै आइरहेको छ ।

कोषको अधिकृत पूँजी रु.८,००,००,००,०००-(अक्षरेपी आठ अर्व) रहेको छ । जसलाई प्रति शेयर रु.१०० का दरले जम्मा ८,००,००,००० कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।

हाल कोषको चुक्ता पूँजी रु.१,६४,०७,४०,८००-(अक्षरेपी एक अर्व चौसठ्ठी करोड सात लाख चालिस हजार आठ सय) रहेको छ । जसलाई प्रति शेयर रु.१०० अंकित मूल्यका १,६४,०७,४०८ कित्ता साधारण शेयरमा विभाजन गरिएको छ । यस विवरणमार्फत् हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् कोषको चुक्ता पूँजी रु.३,००,००,००,००० (अक्षरेपी तिन अर्ब) हुने भएको छ ।

कोषको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ रहेको छ ।