आज सुनकाे मूल्यमा सामान्य वृद्धि ताेलाकाे कति ?

-



     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २८ पुस । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९२ हजार २०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० मा काराेबार भएकाे छ ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएकाे छ । सोमबार तोलामा रु ९१ हजार ७०० मा तेजाबी सुन कारोवार भएको थियो ।

यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ । सोमबार रु.एक हजार २३० मा कारोवार भएको चाँदी आज रु एक हजार २५० मा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ