शेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै ५ अर्बको कारोबार

-



     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ पुस । नयाँ-नयाँँ किर्तिमान बनाउँदै आएको नेपाली शेयर बजार आज पनि उकालोतिर लम्किएको देखियाे । शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २२६७.७३ विन्दुमा पुगेर रोकिएको छ ।

नेप्से परिसूचक आज २८.३१ अंकले वृद्धि भएर २२६७.७३ मा गएर अडियो । नप्से १.२६ प्रतिशतले बढेको हो । सेन्सेटिभ इन्डेक्स ३.८९ अंकले वृद्धि भई ४३३.२८ अंकमा पुगेको छ । आज २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १२ उपसमूहको कारोबार भएकोमा ११ वटाको शेयर बढेको छ भने एउटाको घटेको छ । आज सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको २९ करोड ६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

व्यापार १५.४ ले ओरालो लाग्दा बैंकिङ १४.५४, होटल ९.९३, विकास बैंक १९.४, जलविद्युत् ६०.९१, वित्त २३.१४, निर्जीवन बीमा २७३.२७, उत्पादन ६.८९, अन्य ६.४८, लघुवित्त ५३.१९, जीवन बीमा ३७६ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेको छ । कारोवारका आधारमा आज प्रिमियर इन्स्योरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु २९ करोड छ लाख ३४ हजार ४७० बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

यस्तै, प्रभु बैंक रु १६ करोड आठ लाख ६५ हजार ६६७, माथिल्लो तामाकोशी रु १५ करोड ७१ लाख १३ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स रु १५ करोड ५५ लाख ८१ हजार २३३, नेशनल लाइफ इन्स्योरेन्स रु १४ करोड ९७ लाख २२ हजार ५३१, सिभिल बैंक रु १४ करोड एक लाख ३० हहजार ८४१, नेपाल पुनर्बीमा कम्पनी रु १३ करोड २२ लाख ७६ हजार , एनआइसी एशिया बैंक रु १२ करोड ३८ लाख ३३ हजार ४२०, नेपाल दूरसञ्चार कम्पनी रु १२ करोड २२ लाख ८० हजार ५३० र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले रु १० करोड तीन लाख ३४ हजार १४९ बराबरको कारोवार गर्दै शीर्षस्थानमा रहे ।

कारोवार भएका कम्पनीहरुमध्ये १२९ कम्पनीको शेयर उकालो लागेको छ । यस्तै ३२ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आइएमई जनरल इन्स्योरेन्स १०, आरम्भ चौतारी लघुवित्त ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड फाइनान्स ९.९०, माथिल्लो तामाकोशी ९.८९, प्रभु लाइफ इन्स्योरेन्स ९.७८, समृद्धि फाइनान्स ९.७०, गुर्खाज फाइनान्स ९.०५, नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ८.५१ प्रतिशतले गुमाए । यसैगरी नेपाल हाइड्रो ३.७८, प्रिमियर इन्स्योरेन्स २.२९, सिभिल लघुवित्त २.२२, एनएमबी पचास १.८६, तारागाँउ रिजेन्सी होटल १.६३, युनिलिभर नेपाल १.४२, नेपाल फाइनान्स १.२१ र आरएमडिसी लघुवित्तका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।