चीनले लगायो झण्डै १ कराेड डोज कोरोना खोप

-


     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित


पेचिङ, २९ पुस । गत वर्षको डिसेम्बर १५ तारिखदेखि चीनले प्राथमिकतामा राखेको समूदायहरुलाई कोरोना खोप लगाउन थालेको छ।

अहिलेसम्म करिब ७५ लाख डोज खोप लगाइएको छ, यसका अतिरिक्त, पहिले उच्च जोखिममा रहेका समूदायहरुलाई १६ लाख डोज खोप लगाइएको थियो, जसबाट चीनले कूल ९० लाख डोजभन्दा बढी कोरोना खोप लगाएको छ।

खोप लगाउने कार्यमा चीनले लगाउने ठाउँको व्यवस्थापन, लगाउने कर्मचारीको तालिम र साइड इफेक्टको अनुगमन सम्बन्धी अनेकन पूर्ण व्यवस्थाको स्थापना गरी खोप लगाउने कार्यको सुरक्षालाई प्रत्याभूति दिएको बताइएकाे छ।

चीनको राष्ट्रिय स्वास्थ्य समितिका उप-प्रमुख, राज्य परिषद अन्तर्गत महामारीको संयुक्त प्रतिरोध र नियन्त्रण सम्बन्धी खोपका विशेष जिम्मेवार व्यक्ति चङ यी सिनले राज्य परिषद अन्तर्गत महामारीको संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्था सम्बन्धी पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।