एनएमबि बैंकको २५ औं साधारण सभा सम्पन्न, १६.२ प्रतिशत लाभांश पारित

-


     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित


काठमाडौं, २९ पुस । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न गरेको छ ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाले बैंककाे अधिकृत पूँजी रु.१६ अर्ब बाट बृद्धि गरी रु.२० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको जनाइएकाे छ ।