नबिलको ३६औं साधारण सभाबाट ३५.२६ प्रतिशत लाभांश पारित

-


     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित


काठमाडाैं, २९ पुस । नबिल बैक लिमिटेडको ३६औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएकाे छ । सभाले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताब पारित गरेकाे छ ।

साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना सञ्चालक समेत निर्वाचित गरेकाे जनाएकाे छ। सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन ।

३ करोड चुक्ता पुँजीबाट शुरु भएको बैंकको हालकाे चुक्ता पुजी रु १३.४८अरब पुगेको छ। आ.व. २०७६-७७ मा बैंकले ३ अर्ब ४६ करोड नाफा गर्न सफल भएको थियाे ।