
काठमाडौं, १ माघ । साताको बिहिबार आज सुनको मूल्यमा ह्वात्तै गिरावट आएको छ । चाँदीकाे मूल्यमा पनि गिरावट आएको छ । सुन तोलामा ८०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ९२ हजार १०० मा कारोबार भएको छ । वुधबार छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनमा पनि ८०० रुपैयाँले गिरावट आएको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । वुधबार तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको छ । बुधवार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



