
काठमाडौं, २ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजबाट सर्वसाधारणका लागि शेयर (आइपीओ) निष्काशन गर्दैछ । बैंकले निष्काशन गर्न लागेको आइपीओ अहिलेसम्मकै ठूलो हो । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
चुक्ता पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर रुपैयाँ १०० अंकित दरले ८ करोड कित्ता शेयरमा ०.२० प्रतिशतले हुने १ लाख ६० हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । ५ प्रतिशतले हुने ४० लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको छ ।
बैंकको शेयर निष्काशनको लागि नागरिक लगानी कोषले प्रत्याभूति गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । अधिकृत पूँजी ४० अर्ब रहेको बैंकको जारी पूँजी २० अर्ब तथा चुक्ता पूँजी १२ अर्ब रहेको छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



