इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा २ दिनमै १० अर्ब बढीको आवेदन

-



     सफल आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ माघ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरिदका लागि आइतबारसम्म ८ लाख ५६ हजारले साढे १० अर्ब भन्दा बढीको आवेदन परेको छ । शुक्रबारदेखि खुलेको आईपीओमा शुक्रबार र आइतबारको आवेदन नै १० अर्ब बढीको आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बेलुका ६ बजेसम्म यी आवेदकहरूबाट १० करोड ५८ लाख ६ ७९हजार ६७० कित्ताको माग भएको हो ।
यस कम्पनीले माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ अर्ब बराबरको ८ करोड कित्तामध्येे ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियाेे ।

कम्पनीले कुल कित्तामध्येे ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।