चन्द्रागिरी हिल्सको आईपीओ : ११ लाख बढीको हात खाली हुने

-



     सफल आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ माघ । चन्द्रागिरी हिल्सको आईपीओ ११ लाख भन्दा धेरै आवेदकहरुले नपाउने भएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओमा १२ लाख ५१ हजार भन्दा धेरैको आवेदन परेको थियो । तर अधिकांशले नपाउने भएका हुन् ।

आगामी शुक्रबारसम्ममा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। सकेसम्म चाँडो बाँडफाँड गर्नेगरी काम गरिरहेको र यस साताभित्रै बाँडफाँड गरिसक्ने तयारी गरेका छौँ, क्यापिटलका एक प्रतिनिधिले भने । तर कहिले गर्ने भनेर मिति तोकिएको भने छैन ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।