
सर्लाही, ६ माघ । सर्लाहीकाे हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको उखुकाे भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो ।
उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । गत पुस ६ गतेदेखि सञ्चालित उद्योगले रु सात लाख २२ हजार क्विन्टलभन्दा बढी उखु पेलिसकेको रजकले बताए । उनका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब रु २० करोड बैंक खातामार्फत भुक्तानी भइसकेको र पुस २९ सम्मको भुक्तानी माघ ७ गतेदेखि गर्ने तयारी गरिएको छ ।
पहिलो चरणमा रु १२ करोड र दोस्रो चरणमा रु आठ करोड भुक्तानी गरिसकिएको र सो अवधिमा पेलिएको उखुको बाँकी भुक्तानी बुधबारदेखि शुरु गरिने रजकले बताए । हाल सङ्घीय सरकारले उखुको मूल्य कायम नगरेको भए पनि गत सालको मूल्यलाई आधार मानेर भुक्तानी शुरु गरिरहेको जनाइएको छ । सरकारले पछि तोकेको मूल्य अहिले किसानलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरै हुन आएमा वा फरक परेमा थप रकम उखु उत्पादक किसानका खातामा हालिदिने उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए।
जिल्लाकै धनकौलस्थित अन्नपूर्ण सुगर मिलले भने विगत वर्षकै करोडौं रकम भुक्तानी नगरेको किसानले गुनासो गर्दै आएका छन् । जिल्लाको अर्काे महालक्ष्मी सुगर मिलले भने किसानको बक्यौता भुक्तानी गरिसकिएको जनाएको छ । इन्दुशङ्कर चिनी उद्योगले भने मुलुकभरका अन्य उद्योगका तुलनामा किसानको भुक्तानी समयमै गर्ने गरेको छ जुन किसानको भुक्तानी बाँकी नराख्ने एक मात्र उद्योग पनि हो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



