नेप्से परिसूचक ५.५७ अंकले घट्यो, ७ अर्ब ४६ करोडको शेयर कारोबार

-



     सफल आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ माघ । शेयर बजार ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । मंगलबार अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा समग्रमा नेप्से परिसूचक ५.५७ अंकले घटेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार विहान कारोबार शुरु भएसँगै बजार बढ्न थालेको थियो । नेप्सेपरिसूचक बढेर २३६२ सम्म पुगेको थियो । त्यसुपछि भने घट्न शुरु भयो ।

दिनभरको घटबढ पछि अन्तमा ५.५७ अंकले घटेर बन्द भएको हो । कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ । सोमबार साढे ६ अर्बको कारोबार भएकोमा मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । १ करोड ६३ ५ हजार १४१ कित्ता सेयर मंगलबार किनबेच भए ।