
पाेखरा, ६ माघ । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम शुभारम्भ गरेकाे छ। यसका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैङ्क पोखराबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ । काेराेना भाइरसकाे चपेटामा परेका उद्याेग व्यवसाय पुनः संचालनमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोष अन्तर्गत कर्जा कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।
व्यवसाय जीवन रक्षा कर्जा अन्तर्गत सिमान्तकृत, साना उद्याेगी व्यवसायीले ५० हजारदेखि -१५ लाखसम्म निर्ब्याजी कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन भएसँगै कर्जा प्राप्तिका लागि आवेदन दिने प्रक्रिया शुरू गरिने भएकाे छ ।
४ वटा कर्जा शीर्षकमा गण्डकी प्रदेश भित्रका सबै पालिकाहरूमा रहेका १८ वटा वाणिज्य बैङ्कका ४ सय बढी शाखा मध्ये कुनैबाट कर्जा लिन सकिने भएकाे छ । वाणिज्य बैङ्कले कर्जाको अवधि ३ वर्ष सम्म रहने गरी रु १ लाख देखि १५ लाखसम्म लघु, घरेलु साना उद्यम कर्जा तथा साना पर्यटन व्यवसायका लागि कर्जा दिने छन ।

बैङ्कले रु ५० हजार देखि १० लाखसम्म साना यातायात व्यवसाय कर्जा तथा साना व्यवसाय कर्जामा लगानी गर्नेछन् । कर्जा लिँदा ऋणीले तीन वर्षसम्म कुनै पनि शुल्क वा ब्याज तिर्नुपर्ने छैन र ऋणीले तिर्नुपर्ने व्याज प्रदेश सरकारले सम्बन्धित बैङ्कलाई उपलब्ध गराउने भएकाे छ । सुरुको ६ महिनालाई ग्रेस अवधि मानी ऋणीको आय र नगद प्रवाहको आधारमा बैङ्कहरूले ऋणीसँग छलफल गरी साँवाको भुक्तानी तालिका निर्धारण गर्न सक्नेछन् ।
कर्जा लिनकाे लागि सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको जिन्सी स्टक, उपकरण, सामाग्री, सवारीसाधन, घर, जग्गा, सुनचाँदी लगायतलाई धिताेका रूपमा लिन सकिनेछ । कर्जा आवेदनका लागि सरकारी निकायमा दर्ता भएर उद्याेग व्यवसाय सञ्चालन गरेको एक वर्ष पूरा गरेकाे हुनुपर्नेछ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाका कारण सबै क्षेत्र ठप्प भएर अर्थव्यवस्था प्रभावित बनाएकाे बताउँदै सबैभन्दा मार साना, सिमान्तकृत उद्याेग व्यवसायमा परेकाे, पलायनकाे स्थिति आएकाेले उनीहरूलाइ माथि उठाउन कर्जाकाे कार्यक्रम ल्याइएको बताए । मुख्यमन्त्री गुरुङले भने, हामीले ठूलो काम गरेकाे भन्ने हाेइन तर प्रदेश सरकारकाे याे पहले थाेरै भएपिन याेगदान दिने विश्वास गरिएकाे छ ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश सरकारले ढिलाे गरेर भए पनि संघीय सरकारले नछाेएकाे पाटाेलाइ प्रदेश सरकारले पकडेकाे बताए । किस्ता बुझाउने अवधि ६ महिना भन्दा १ वर्ष बनाएकाे भए व्यवसायीलाई हलुका महशुस हुनेथियाे पाेखरेलले भने । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेलले कार्यक्रम अनुरुप व्यवसायीले ऋण लिएर व्यवसाय सञ्चालन गर्न शुरू गरेपछि प्रदेशको अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



