बुधबार पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     माघ ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ माघ । मंगलबार रुपैयाँ ४०० ले वृद्धि भएको छापावाला सुनको मूल्य आज बुधबार रुपैयाँ ५०० ले वृद्धि भएको छ । मंगलबार छावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो भने आज ९२ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएर १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २४५ मा कारोबार भएको थियो ।