नेपाल इन्भेष्टमेन्ट बैंककाे साधारण सभा आज

-



     सफल आवाज    
     माघ ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले आज ३४ औंं वार्षिक साधारण सभा आयोजना गरेकाे छ । साधारण सभा काठमाडाैं दरबार मार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि शुरु भएको हाे ।

सभामा संचालक समितिले प्रस्ताव गरेकाे १३ प्रतिशत बोनस शेयर तथा ५.५० प्रतिशत नगद लाभांशसहित १८.५० प्रतिशत लाभांश छलफलपछि पारित गर्न लागिएकाे छ ।

सभामा बैंक तथा वित्तीय संस्थासंग मर्जर वा एक्वाएरका लागि त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । यस्तै सभामा बैंकको अधिकृत पूँजी बढाएर १८ अर्ब पुर्याउने प्रस्ताव लगिदैं छ । बैंकले बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी पनि बढ्ने भएकोले प्रवन्धपत्र संशोधनको एजेण्डामाथि पनि छलफल हुँदैछ ।

साधारण सभामा अनलाइन सहभागिताको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।