आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     माघ ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ माघ । साताको पाँचौ दिन आज बिहिबार छापावाला सुनको मूल्य रुपैयाँ ६०० ले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार रुपैयाँ ५०० ले बृद्धि भएको छापावाला सुनको मूल्य आज रुपैयाँ ६०० ले बृद्धि भएर प्रतितोला ९३ हजार १०० मा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएर १ हजार २७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।