
काठमाडौं, ९ माघ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्रको दोश्रो बजार कारोबार रोक्का गरेको जनाएको छ ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने भएपछि संस्थाको कारोबार रोक्का गरिएको हो । दुवै संस्थाहरुबीच माघ ८ गते प्राप्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति एक्विजिशन सम्बन्धी नियमावली २०७३ को विनियम ६ १ बमोजिम महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको दोश्रो बजार कारोबार आजबाट रोक्का गरेको जनाएको छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



