जागरणमुखी अभियान सञ्चालन गर्न कृषिमन्त्री अर्यालकाे आग्रह

-



     सफल आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ९ माघ । कृषि तथा पशपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पशु स्वास्थ्यसम्वन्धी जागरणमुखी अभियान सञ्चालन गर्न नेपाल पशुचिकित्सा परिषद्लाई सुझाव दिएकी छन । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई बधाई दिन आज आयोजित कार्यक्रममा उनले शुभकामना तथा बधाई व्यक्त गर्दै पशु स्वास्थ्यसम्बन्धी जागरणमुखी अभियान सञ्चालनका बारेमा कार्यक्रम बनाउन निर्देशन दिएकी हुन ।

पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसङ्ग जोड्दै पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औँल्याइन । “मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामी कहाँ हिजोदेखि नै रहिआएको छ”, उनले भनिन, “अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।”

परिषद्का रजिष्टार नारायण घिमिरे, नवनिर्वाचित उपाध्यक्ष डा सुबिर सिंहले पशु चिकित्सासँग सम्बन्धित शिक्षण संस्थालाई गुणस्तरिय बनाउनका निम्ति लागेको जानकारी दिए।